नियम २४
स्वीकृत बजेटबाट खर्च गर्ने
(१) अधिकार प्राप्त अधिकारीले बाहेक अरु कसैले पनि
खर्च गर्ने आदेश दिन वा खर्च स्वीकृत गर्न हु“दैन ।
(२) खर्च गर्ने वा खर्चको निकासा दिने अधिकारीले देहायको अवस्थामा खर्च गर्ने
वा खर्च गर्ने निकासा दिनु पर्नेछ ः–
(क) खर्च गर्ने रकम स्वीकृत बजेटभित्र र सम्बन्धित खर्च शीर्षक नम्बरमा
परेमा र खर्च गर्न बा“की भएमा,
(ख) खर्च गर्ने रकम कुनै आयोजनाको सम्बन्धमा भए सो आयोजना स्वीकृत
भइसकेको भएमा,
(ग) खर्च गर्ने रकम खर्च गर्नुभन्दा अघि नै खर्च गर्ने निकासाको आदेश
प्राप्त भइसकेको भएमा,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
द्दण्
(घ) वैदेशिक स्रोतबाट व्यहोरिने रकमको हकमा त्यस्तो रकम प्राप्त
भैसकेको वा सोधभर्ना माग गरी खर्च गर्ने व्यवस्था भैसकेको भएमा,
(ङ) विनियोजनको मासिक बा“डफा“ड स्वीकृत भैसकेको भएमा,
(च) ऐनको दफा १२८ अनुसार रकमान्तर गरी खर्च गर्नु पर्दा वैदेशिक
श्रोत तर्फको बजेटको हकमा दातृ संस्था वा सम्बन्धित कामको
जिम्मेवारी पाएको अधिकारीको लिखित सहमति प्राप्त गरेको भएमा ।
तर, रकमान्तर नगरी एक बजेट शीर्षकमा स्वीकृत भएको रकम अर्को बजेट
शीर्षकमा खर्च गर्न वा एक कार्यक्रमबाट अर्को कार्यक्रममा सापटी लिई खर्च गर्न वा
गराउन पाइने छैन ।